Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

रतुवामाईबाट भन्सार छली ल्याउदै गरेको सामान सहित गाडी र चालक नियन्त्रण

2021-07-04 05-07 | Hamro Biratnagar                  

A+ A A-

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ भौडाहा चौक स्थितमा भारतबाट भन्सार छली ल्याउदै गरेको चिनी, बिस्कुट सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याउदै गरेको को२च १०९ नम्बरको पिकअप गाडीमा चिनी १८ सय केजी र ईन्डियन बिस्कुट १८ कार्टुन फेला पारेको थियो ।

उक्त सामानहरु भन्सार छली गरी ल्याएको खुल्न आएकोले पिकअप चालक लेटाङ नगरपालिका २ का २७ बर्षीय बिकास लिम्बु सहितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार बुझाउने कार्य भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय