Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ

2021-07-04 08-07 | Hamro Biratnagar                  

A+ A A-

झापा प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला याङ्वरक गाउँपालिका-२ का ३६ वर्षीय नरेन्द्र तिम्सिना छन्।

उच्च अदालत विराटनगरको इलाम इजलासले उनलाई १५ दिन कैद र ३४ लाख जरिवाना गर्ने फैसला गरेको छ। यस्तै पीडित राहत कोषमा १ लाख ३६ हजार दाखिला गर्न आदेश गरेको थियो।

उनलाई जिल्ला प्रहरी कार्यालय झापा र फैसला कार्यान्वयन झापाको टोलीले ताप्लेजुङ जिल्लाबाट आइतबार पक्राउ गरेको हो।

उनलाई झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय