Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

फिलिपिन्स सैनिक विमान दुर्घटना अपडेट : कम्तीमा ४५ जनाको मृत्यु

2021-07-04 08-07 | Hamro Biratnagar                  

A+ A A-

फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । जलिरहेको विमानको भग्नावशेषबाट दर्जनौँ व्यक्तिलाई उद्धार गरिएको पनि बीबीसीले जनाएको छ ।

सामान पनि बोकेको सैनिक विमानमा ९० भन्दा धेरै जना सवार रहेका थिए । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटनामा परेको बताइएको छ ।

विमानमा रहेका धेरैजसो आधारभूत सैनिक तालिम पूरा गरेका व्यक्तिहरू रहेका बीबीसीले जनाएको छ ।

दुर्घटना दर्जनभन्दा बढी व्यक्ति घाइते भएको र पाँच जना अझै बेपत्ता रहेका सेनाले जनाएको छ । घाइतेहरूको नजिक रहेको एक सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमले खिचेका तस्बिरमा दुर्घटनाग्रस्त विमानमा भुइँमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरू माथि बाक्लो कालो धुँवा देखिएको छ ।

स्थानीय समयअनुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा रहेकाहरूलाई मुस्लिम बहुल अशान्त क्षेत्रमा चरमपन्थीसँग लड्ने एक टास्क फोर्सको हिस्साका रूपमा तैनाथ गरिँदै थियो । दक्षिणी फिलिपिन्समा थुप्रै चरमपन्थी गुट छन्, त्यसैले त्यहाँ ठूलो सङ्ख्यामा सैनिक तैनाथ रहेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय