Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

कक्षा १२ को परीक्षा सञ्चालन गर्न बोर्डले माग्यो शिक्षा मन्त्रालयसँग अनुमति

2021-07-04 09-07 | Hamro Biratnagar                  

A+ A A-

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

कोरोना संक्रमणदर कम हुँदै गएकाले  साउन तेस्रो वा अन्तिम सातामा कक्षा १२ को परीक्षा सञ्चालनका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

'कोरोनाको संक्रमणदर कम हुँदै गएकाले परीक्षा सञ्चालन गर्न सक्छौं भन्ने लागेर अनुमति मागेका हौं,' उनले भने, 'अनुमति पाएको अवस्थामा के-कसरी गर्ने भनेर निर्णय गरेर काम थाल्छौँ।'

२६ जेठबाट सुरु हुने भनिएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय