Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

ब्रोकर संख्या थप्न चौतर्फी दवाब, नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने अन्तिम तयारीमा धितोपत्र बोर्ड

2021-07-04 11-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाण्डौ, २० असार । अहिले सेयर बजारमा आमसहभागिता निकै बढेको अवस्था छ । हाल रहेका ५० वटा ब्रोकर पर्याप्त नभएको भन्दै चौतर्फी रुपमा ब्रोकर संख्या थप्ने दबाब पर्न थालेको छ ।

आम चासोको विषय बनेको ब्रोकर संख्या विस्तारलाई मूर्त रुप दिन नेपाल धितोपत्र बोर्डले अन्तिम तयारी गरिरहेको हो । धितोपत्र बोर्डले आमलगानीकर्ताको गुनासो सम्बोधन गर्नकै लागि उपत्यकासहित देशभर ६० वटासम्म ब्रोकर थप्ने अन्तिम गृहकार्य गरिरहेको छ ।

धितोपत्र बोर्ड स्रोतका अनुसार अहिले बोर्डका अधिकारीहरु ब्रोकर संख्या थप्ने विषयमा घनिभूत छलफलमा जुटेका छन्। अबको डेढ महिनाभित्र नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया सुरु गर्ने गरी काम भइरहेको धितोपत्र बोर्डका एक उच्च अधिकारीले जानकारी दिए।

तर नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि कस्ता क्राइटेरिया हुनेछ भन्ने विषयमा उनले खुलाउन चाहेनन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले भने यस विषयमा नेप्सेलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नभएको बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय