Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

सिद्धार्थ बैंकको एटीएमबाट ४२ लाख रुपैयाँ चोरी

2021-07-05 12-07 | Hamro Biratnagar                  

A+ A A-

यसमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को स्वीच प्रयोग भएको छ । चोरी गर्ने दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

असार १३ गते काठमाडौंस्थित सिद्धार्थ बैंकको एटीएम बुथमा एक जनाले एक्सपायर एटीएम कार्डबाट पैसा निकाल्ने प्रयास गरे। बैंक एकाउन्टमा पैसा पनि थिएन। एक त एक्स्पायर कार्ड अर्को एकाउन्टमा पैसा पनि थिएन।

तैपनि प्रयास गरी हेर्दा  पैसा निस्कियो। पैसा झरेपछि दंग परेका उनले साथीलाई पनि लिएर एटीएम बुथ चाहर्न थाले। दुई जना मिलेर उनीहरुले यसका लागि एउटा ट्याक्सी नै प्रयोग गरे। कालोपुलस्थित डेराबाट विभिन्न एटीएम बुथ पुगे। नियमित घोट्ने क्रममा पैसा धमाधम झर्न थाल्यो। ४२ लाखसम्म पैसा जम्मा गरिसकेका भने उनीहरु अहिले प्रहरीको फन्दामा परेका छन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय