Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

बेपत्ता सुजिता मृत भेटिएपछि राजमार्ग अवरूद्ध पारेर विरोध

2021-07-05 01-07 | Hamro Biratnagar                  

A+ A A-

चितवन, २१ असार । चितवनको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारी मृत फेला परेपछि घटनाबारे अनुसन्धानकाे माग गर्दै स्थानीय बासिन्दा सडकमा उत्रिएका छन् । उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत गरेका छन् ।

घटनास्थलबाट प्रहरीले भण्डकारीको शवलाई पाेष्टमार्टमका लागि अस्पताल लैजाँदै गर्दा स्थानीयहरूले नाराबाजी गर्दै सोमबार राजमार्ग अवरुद्ध गरेका हुन् ।

हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीय बासिन्दा प्रहरी प्रशासनविरुद्ध खनिएका छन् । अहिले राप्ती नगरपालिका-३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त छ । स्थानीयले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेका छन् ।

सुजिता गत ११ असारदेखि हराइरहेकी थिइन् । बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरूले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय