Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

एमिकस क्युरीको राय- दलभन्दा बाहिर गएर अर्कोलाई समर्थन गर्न पाइँदैन, निर्वाचनमा जानु नै उपयुक्त विकल्प

2021-07-05 04-07 | Hamro Biratnagar                  

A+ A A-

एमिकस क्युरीका तर्फबाट राय दिन संवैधानिक इजलासमा उपस्थित अधिवक्ता उषा मल्ल पाठकले नेता-कार्यकर्ताहरू आफ्नो दल र त्यसको सरकारका विरुद्धमा जान नसकिने भन्दै रिट निवेदन खारेज गर्नपर्ने बताएकी छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उनले राय राख्दै आफ्नो नेतृत्वमा सरकार बनाउ मलाई समर्थन गर भनेर दलभित्र भन्न पाइने तर आफ्नो दलभन्दा बाहिर गएर अर्कोलाई समर्थन गर्न नपाइनले तर्क गरिन् ।

'आफ्नै दलको व्यक्तिको विरोधमा जान पाइन्छ । तर, आफ्नै दलको र त्यसको सरकारको विरुद्ध जान पाइँदैन,' उनले भनिन्, 'आफ्नो नेतृत्वमा मलाई सरकार बनाउ, मलाई समर्थन गर भनेर दलभित्र भन्न पाउँछ तर आफ्नो दलभन्दा बाहिर गएर अर्कोलाई समर्थन गर्न पाउँदैन ।'

प्रत्येक सांसद स्वतन्त्र हुन्छन् भनेर  व्याख्या गर्नु संविधानको अपव्याख्या हुने तर्क गर्दै उनले भनिन् 'त्यसैले राष्ट्रपतिको निणर्य (दाबी खारेजको) संविधानसम्मत् छ श्रीमान् ।' उनले रिट खारेज गरेर निर्वाचनमा जानु नै उपयुक्त विकल्प हुने राय दिइन् ।

उनले राजनीतिक दलसम्बन्धी दल विभाजन नएसम्म धारा ७६ को उपधारा ५ बमोजिम स्वतन्त्र छन् भनेर हाम्रो संविधान नमानेको बताइन् । निर्वाचित प्रत्येक सदस्य स्वतन्त्र हुन्छन भन्ने मान्ने हामीले अङ्गिकार गरेको व्यवस्था विपरीत हुने तर्क गरिन् ।

उनले भनिन्, 'राजनीतिक दलसम्बन्धी दल विभाजन नएसम्म धारा ७६ को उपधारा ५ बमोजिम स्वतन्त्र छन् भनेर हाम्रो संविधान मान्दैन । निर्वाचित प्रत्येक सदस्य स्वतन्त्र हुन्छन भन्ने मान्ने हो भने हामीले अङ्गिकार गरेको व्यवस्था विपरीत हुन्छ ।'

उनले  संविधानको धारा ७६(५) भनेको एक पटक मात्र प्रयोग हुने धारा रहेको बताइन् । उनले यसको अर्को विकल्प नभएको तर उपधारा २ को यसको अर्को रूप रहेको आफ्नो तर्क प्रस्तुत गरिन् ।  उनले भनिन्, विधानको धारा ७६(५) भनेको एकपटक मात्र प्रयोग हुने धारा हो । यसको अर्को विकल्प छैन, यो भनेको उपधारा २ को अर्को रूप हो ।'

उनले धारा ७६(४) मा विश्वासको मत तर उपधारा ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले निरन्तर प्रधनमन्त्री बन्न चाहेको अवस्थामा मात्र विश्वासको मत लिए हुने उनको भनाइ छ । 'संविधाले विश्वासको मत लिनुपर्छ भन्ने कतै तोकेको छैन,' उनले भनिन्न ।

उनले प्रधानमन्त्री ओलीले उपधारा ५ का लागि मार्गप्रशस्त गर्छु भनेपछि राष्ट्रपतिले त्यसैलाई राजीनामा नमानेर उपधारा ५ को प्रक्रिया सुरु गरेको तर्क गरिन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय