Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा सीमित

2021-07-05 04-07 | Hamro Biratnagar                  

A+ A A-

सोमबार नेप्से ११दशमलव ७८ अंकले घटेर २८२२ दशमलव ७३ अंकमा बन्द भएको छ । नेप्से दोहोरो अंकले घट्दा कारोबार पनि यस वर्षकै न्यून भएको हो ।

१९ अर्बको दैनिक कारोबार हुने बजारमा आज ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो । आज १ करोड ६ लाख ३ हजार ६३६ कित्ता शेयर किनबेच भएको छ । घटेको बजारमा म्युचुअल फण्ड, लगानी, उत्पादन तथा प्रशोधन र ट्रेडिङ समूहबाहेकमा सबै समूहका सूचक घट्न पुगेका छन् । यो दिन १७१ वटा कम्पनीको शेयरमूल्य घट्दा ४३ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ ।

बढ्नेमा विशाल बजार कम्पनी छ । यो कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ हजार ८७९ रुपैयाँ पुगेको छ । त्यसैगरी एचडीएलको शेयर मूल्य ८ दशमलव ०२ प्रतिशतले बढ्दा छ्याङदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ७ दशमलव ७८ प्रतिशतले बढेको छ ।

कमाउनेभन्दा गुमाउने धेरै भएको आजको कारोबारमा गुमाउने गोर्खा फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, नेसनल हाइड्रोपावरलगायत कम्पनी अगाडि छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय