Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

देशभर २६ सय संक्रमित थपिए, २३ को मृत्यु

2021-07-05 05-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २१ असार । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।

त्यस्तै आज २ हजार २११ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।

आज थप २३ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २४८ पुगेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय