Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

संसद विघटनको मुद्दा अन्तिम चरणमा रहँदा आयोगले तयार गर्‍यो निर्वाचन कार्यतालिका, असोज २० र ३१ मा उम्मेदवारी मनोनयन, साउन १५ भित्र दल दर्ता

2021-07-05 05-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ ।

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने जानकारी दिए ।

आयोगको बैठकले तयार पारेको नेतालिका अनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका बनेको छ ।

दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ । आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।


सम्बन्धित खबर