Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

सुजिता भण्डारीको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइयो

2021-07-06 10-07 | Hamro Biratnagar                  

A+ A A-

चितवन राप्ती नगरपालिका ३ की सुजिता भण्डारीको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ।

असार ११ देखि बेपत्ता भएकी सुजिता ९ दिनपछि जंगलमा मृत भेटिएकी थिइन्। उनको शव सडेको अवस्थामा फेला परेको थियो।

शव सोमबार राति पठाइएको र आज बिहान काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म केही नखुलेको जनाएको छ।


सम्बन्धित खबर