Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु

2021-07-06 10-07 | Hamro Biratnagar                  

- FILE PHOTO: A woman holds a small bottle labeled with a "Coronavirus COVID-19 Vaccine" sticker and a medical syringe in front of displayed Novavax logo in this illustration taken, October 30, 2020. REUTERS/Dado Ruvic/File Photo -
A+ A A-

काठमाडौं । आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु हुँदैछ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो । गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।

उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भएअनुसार दोस्रो खोप दिन लागिएको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले बताए । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले पनि खोप लगाउन पाउने छन् ।

पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको थियो । यसअघि छुटेकासमेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको डा शर्माले बताए ।

दोस्रो डोजका लागि काठमाडौं उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएका छन । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौं महानगरभित्र १३ वटा र काठमाडौं अरु पालिकामा दुई, दुई ठाउँमा खोप केन्द्र तोकिएका छन ।

भक्तपुरको ३८ वटा ठाउँमा खोप केन्द्र तोकिएका छन् । ललितपुरमा पालिकालाई नै खोप वितरणको मिति र केन्द्र तोक्ने जिम्मा दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ । खोप लगाउनका लागि पहिलो डोज लगाएको कार्ड अनिवार्य गरिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय