Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

साउन १ गतेदेखि अवैध मोबाइल नचल्ने

2021-07-06 10-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ ।

‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् ।

एमडीएमएस सन्चालनमा आइसकेपछि अवैध रुपमा भित्रिएका मोबाइल नियन्त्रण गर्ने हुने विश्वास सरकारको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन करिब ५ वर्षदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय