Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

उपत्यकामा सबै प्रकारका सवारी साधन सञ्चालन भएसँगै गाडीको चाप बढ्यो

2021-07-06 10-07 | Hamro Biratnagar                  

File Photo
A+ A A-

काठमाडौँ, २२ असार : काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसङ्क्रमित गर्नुपर्र्ने छ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन ।

निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका सवारी साधनहरु चल्न थालेपछि काठमाडौं उपत्यकामा भीडभाड बढेको छ । आवागमन खुला भएसँगै मुख्य(मुख्य चोकहरुमा सवारी साधनहरुको जाम देखिन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय