Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सुनसरीबाट १५० केजी गाँजा बोकेको गाडी र नक्कली रिवलबल पेस्तोलसहित २ जना पक्राउ

2021-07-06 12-07 | Hamro Biratnagar                  

A+ A A-

सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् ।

आज बिहान राती १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को२च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा १५० के.जि, र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल सहित फेला परेको थियो ।

प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय