Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

2021-07-06 02-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, असार २२-झापा, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ३ बजे ईटहरी २ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै गरेको को१क ३४४१ नम्बरको दुध बोक्ने गाडीले बाटो काट्दै गरेको स५प ७३०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा ५ का २९ बर्षीय नरेश यादबको सोही दिनको बेलुका सँवा ४ बजे धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने गाडी र चालक बिराटनगर १ बस्ने ४९ बर्षीय रमाकान्त चौधरी ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको छ । त्यस्तै मोरङको विराटनगर ५ भित्री सडक खण्डमा हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको को ३२ प ८८१० नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक विराटनगर १४ का ४० बर्षीय टिका मेचेको  हिजो बेलुका पौने ८ बजे गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै हिजो बेलुका पौने ७ बजे झापा बुद्धशान्ती गाँउपालिका ४ जोगी डाँडा स्थित मेची रार्जमार्ग सडक खण्डमा दक्षिण तर्फ आउदै गरेको ना३च ४०३३ नम्बरको पिकअप र विपरित दिशा तर्फ जादै गरेको मे.९प ९२०३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा B&C अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । पिकअप र चालक ईलाम सन्दकपुर १ बस्ने ३६ बर्षीय बिरेन्द्र राई ईलाका प्रहरी कार्यालय बुधबारे झापाको नियन्त्रणमा रहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय