Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

मोरङको सुन्दरहरैचामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

2021-07-06 04-07 | Hamro Biratnagar                  

प्रतीनिधीमुल्क तस्विर
A+ A A-

मोरङको सुन्दरहरैचा नगरपालिका १ डांगीटोल का याम लुङ्गेली मगरको छोरा ८ बर्षीय अनमोल मगर घर छेउको कलबर्ड मुनी पानी जमेको ठाँउमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

आज दिउसो साढे २ बजे अन्य २ जना बच्चाहरुसंग नुहाउन गएका अनमोलको पानी डुबी अचेत भएको जानकारी साथीहरुले घरमा गई गराएको थिए । अचेत भएका अनमोलको पानीबाट निकाली उपचारको लागी बिराटनगर कोशी अस्पताल लगी चेकजाँच गर्दा मृत्यु भई सकेको जनाईएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर