Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

काठमाडौंका ३६५ सहित देशभर थपिए २६ सय संक्रमित, १५ को मृत्यु

2021-07-06 07-07 | Hamro Biratnagar                  

A+ A A-

नेपालमा पछिल्लो २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५८५ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज ७ हजार ५०३ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७१८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ५ हजार ८२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१६ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंका ३६५, ललितपुरका १०५ तथा भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १ हजार ५६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै ६ लाख १२ हजार ९९४ निको भएका छन् ।

आज १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २६३ पुगेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय