Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

सुजिता मृत्यु प्रकरणले तनाब बढेपछि पूर्वी चितवनमा कर्फ्यू

2021-07-06 07-07 | Hamro Biratnagar                  

A view of deserted road in Chitwan on the first day of week-long nationwide lockdown due to coronavirus crisis, on Tuesday, March 24, 2020. Photo: Tilak Rimal/THT
A+ A A-

सुजिता भण्डारी मृत्यु प्रकरणलाई लिएर स्थानीयले सडकमा विरोध प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा कर्फ्यूको आदेश जारी गरेको छ । राप्ती नगरपालिका–३ कि भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू आदेश दिएको हो ।

भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुंगामुडा, सरकारी गाडी तोडफोड तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्ने, आगजनी तथा हुलदंगा गर्न सक्ने देखिएकाले कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार साँझ साढे ७ बजेदेखि बुधबार साँझ साढे ७ बजेसम्म कर्फ्यू आदेश जारी रहने प्रशासनले जनाएको छ । यो आदेश पूर्व-पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा जारी रहने छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय