Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

बीपी प्रतिष्ठानलाई बचाउन माग गर्दै माइतीघरमा प्रदर्शन

2021-07-06 10-07 | Hamro Biratnagar                  

A+ A A-

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बचाउन माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । प्रतिष्ठानका कर्मचारीले थालेको आन्दोलनको समर्थनमा बृहत् नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले 'स्पष्ट हुनुहोस् भन्दा स्पष्टीकरण काट्न पाइँदैन', 'बीपीकेआईएचएसलगायतका प्रतिष्ठान तथा विश्वविद्यालयलाई भकुण्डो बनाऊ', 'दलीयकरण बन्द गर'लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

उपकुलपतिसहित प्रतिष्ठानका पदाधिकारीहरूले नै अनियमितता गरेको आरोप लगाउँदै उनीहरूको नेतृत्वमा काम गर्न नसक्ने भन्दै प्रतिष्ठानका कर्मचारीहरूले आन्दोलन गरिरहेका छन् ।

बीपी प्रतिष्ठानका विवादास्पद पदाधिकारीहरूले राजीनामा दिनुपर्ने, आइन्दा कुनै पनि स्वास्थ्य एवं शैक्षिक संस्थामा पदाधिकारी नियुक्तिको मापदण्ड तोक्ने र प्रतिवद्धता पूरा गरे नगरेको नियमित सुपेरिवेक्षण गरी सार्वजनिक गर्नुपर्ने माग राख्दै कर्मचारीहरू आन्दोलित बनेका हुन् ।


सम्बन्धित खबर