Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

फेरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, खाना पकाउने ग्यासमा २५ रुपैयाँ बढ्यो

2021-07-06 10-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, २२ असार । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको हो । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरिएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार नयाँ मूल्यसूचीअनुरूप काठमाडौं उपत्यकामा प्रतिसिलिन्डर ग्यास १ हजार ४२५ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ, डिजेल र मटितेल ११२ रुपैयाँ खुद्रा मूल्य कायम भएको छ ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरे ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७ सय ५४ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन्स (आईओसी)ले १ जुलाईमा पठाएको नयाँ मूल्यसूचीअनुसार १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

यसअघि निगमले गत २२ जेठमा पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय