Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

रूसी विमान दुर्घटना अपडेट : जहाजमा सवार सबै यात्रुको मृत्यु

2021-07-06 10-07 | Hamro Biratnagar                  

A+ A A-

एजेन्सी, २२ असार । रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक विवरणअनुसार रूसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो । त्यसलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क पनि विच्छेद भएको अधिकारीहरूले बताएका छन् ।

विमानमा एक बच्चा सहित २२ जना यात्रुका साथै छ जना चालक दलका सदस्य थिए । रसियाको अनुसन्धान समितिले पाइलटको गल्ती, प्रतिकूल मौसम वा प्राविधिक गडबडीका विषयमा केन्द्रित रही अनुसन्धान शुरु गरेको छ ।

दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरू समुद्र, नजिकको पहाड र विमानस्थलको आसपास छरिएको अवस्थामा भेटिएका थिए । कामचाट्का नागरिक उड्डयन संस्थाका उपनिर्देशक सर्गेई गोर्बले विमान समुद्रको चट्टानी भागमा ठोक्किएर दुर्घटनाग्रस्त भएको जानकारी दिए । यो रुटमा विगतमा पनि हवाई दुर्घटना हुने गरेका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय