Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

कोरोनाको डेल्टा भेरियन्टले इन्डोनेसियामा संकट, अक्सिजन अभावमा ज्यान गुमाउँदै संक्रमित

2021-07-07 11-07 | Hamro Biratnagar                  

काेराेना भाइरस । सांकेतिक तस्वीर
A+ A A-

जनसंख्याका आधारमा संसारको चौथो ठूलो देश इन्डोनेसियालाई कोरोनाको डेल्टा भेरियन्टले हायलकायल पारेको छ । गत सातादेखि अचानक संक्रमित बढेपछि त्यहाँ अक्सिजनको चरम् अभाव देखिएको खबर बीबीसीमा छ । बेलैमा अक्सिजन नपाउँदा ६० जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।

इन्डोनेसियाको सरकारले डेल्टा भेरियन्टको तीव्र प्रसारले संकट निकै बढेको बताएको छ । राजधानी जकार्ता र बाली शहरमा शनिबार इमरजेन्सी लकडाउन लगाइएको छ ।

अक्सिजन संकटकै कारण जावा शहरको एक अस्पतालमा शनिबार र आइतबारका बीच ६३ जना संक्रमितको मृत्यु भएको छ । अस्पतालहरूले अक्सिजनको संकट चुलिए पनि आपूर्ति नभइरहेको बताएका छन् ।

केही साताअघि नेपालमा पनि यसैगरी अक्सिजनको अभाव देखिएको थियो । त्यो बेला सयौं मानिसले बेलैमा अक्सिजन नपाउँदा ज्यान गुमाउनुपरेको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय