Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

बिर्तामोडमा बिद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

2021-07-07 01-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको छ ।

आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागी भुईमा लड्दा टाउकोमा चोट लागी गम्भिर घाईते भएका भट्टराईको उपचारको लागी B&C अस्पताल बिर्तामोड पुर्याउन मृत्यु भएको हो । उनि अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेका थिए ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय