Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

प्रदेश १ सरकारलाई सांसद साम्बाको प्रश्न – ११ लाखले ट्रमा सेन्टर बन्छ ?

2021-07-07 02-07 | Hamro Biratnagar                  

A+ A A-

माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बाले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि प्रदेश- १ सरकारले छुट्याइएको बजेटप्रति आपत्ति जनाएका छन् ।

प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको १९औँ बैठकको शून्य समयमा बोल्दै सांसद साम्बाले तत्कालीन नेकपा सरकारले दुई करोडमाथि बजेट विनियोजन गरेको भए पनि एमाले नेतृत्वको सरकारले कम बजेट छुट्याएकाले ट्रमा सेन्टरको औचित्यमाथि प्रश्न उब्जिएको बताए ।

‘११ लाख मात्र छुट्याइएको बजेटले ट्रमा सेन्टर बन्छ ? नेकपा सरकारले पहिले दुई करोड बजेट विनियोजन गरेको थियो । तर अहिलको बजेटले मदन भण्डारीको गरिमा घटेको छ,’ उनले भने, ‘११ लाखले ट्रमा सेन्टर बन्छ भने तपाईंको निर्वाचन क्षेत्रमा लगेर बनाएर देखाउनुस् मन्त्रीज्यू ।’

उनले विराटनगरस्थित कोसी अस्पताल संघीय सरकार मातहत रहेकाले प्रदेश सरकारले लगानी गर्न नहुने बताए । उनले कोसी अस्पताल प्रदेश सरकार मातहत नगरहेकाले लगानी किन भनी प्रश्न गरे ।

पटकपटक अवरुद्ध भएको प्रदेशसभाको बैठक मंगलबारदेखि पुनः सुरु भएको हो । बुधबार आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेकय २०७८ अन्तर्गत सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल सकिएको छ । मन्त्रालयसँग सम्बन्धित विषयमाथि सांसदहरूले उठाएको प्रश्नको मन्त्री उषाकला राईले जवाफ दिएपछि छलफल सकिएको छ ।अहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल जारी छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय