Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

प्रदेश १ प्रदेशसभा बैठक : कोरोनाले बन्द शैक्षिक संस्था खोल्न सांसदहरूको माग

2021-07-07 03-07 | Hamro Biratnagar                  

A+ A A-

प्रदेश- १ को प्रदेशसभा बैठकमा सांसदले कोरोना महामारीका कारण बन्द रहेका शैक्षिक संस्थाहरू सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार बजेट अधिवेशनको १९औँ बैठकको शून्य समयमा बोल्दै सांसद सरिता थापाले शैक्षिक संस्था सञ्चालन हुनुपर्नेमा जोड दिइन् । उनले कोरोना महामारीका कारण बन्द रहेका शैक्षिक संस्था पुनः सञ्चालन ल्याउन सरकारलाई सुझाव दिइन् ।

शहरी र सुविधा सम्पन्न भेगका विद्यार्थीले अनलाइन कक्षामार्फत पठनपाठन गरिरहेको भए पनि दुर्गम क्षेत्रका विद्यार्थी शिक्षण सिकाइबाट बञ्चित हुँदै गएको उनको भनाइ थियो । यसले दुईखाले जनशक्ति उत्पादनको जोखिम बढ्दै गएको भन्दै उनले सरकारको ध्यानाकर्षणसमेत गराइन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय