Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

नेप्से घट्न रोकिएन, बुधबार पनि दोहोरो अंकको गिरावट

2021-07-07 03-07 | Hamro Biratnagar                  

A+ A A-

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार पनि निरन्तरता पाएको हो ।  नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार रकम पनि ४ अर्बको हाराहारीमा नै छ ।

बुधबार कारोबारमा आएका १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९ सय ७६ रुपैयाँमा किनबेच भएको छ । राताम्मे बनेको बजारमा उपसमूहतर्फ विकास बैंक र माइक्रोफाइनान्सबाहेकका सबै समूहका सूचक घट्न पुगेका छन् ।

यो दिन ६६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १ सय ३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बढ्नेमा भने सिभिल लघुवित्त, सामुदायिक लघुवित्त, साधना लघुवित्त, एभरेस्ट इन्स्योरेन्सलगायतका कम्पनी अगाडि छन् । गुमाउनेमा भने युनाइटेड इदी मर्दी, राधी जलविद्युत्,  माथिल्लो तामाकोसीलगायतका कम्पनी अगाडि छन् ।

बजार घट्दा पनि छिमेकी लघुवित्त र माथिल्लो तामाकोसीको भने सबैभन्दा धेरै कारोबार भएको छ । यी दुवै कम्पनीको क्रमश: ४३ करोड र २६ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय