Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

९ करोड राजस्व छलीको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

2021-07-07 05-07 | Hamro Biratnagar                  

A+ A A-

राजस्व अनुसन्धान विभागले ९ करोड राजस्व छलीको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। वास्तविक बिक्री लुकाएर राजस्व छलीको आरोपमा उनीहरूविरुद्ध विभागले बुधबार मुद्दा दायर गरेको हो।

विभागले चितवन रत्ननगरस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवाल र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाईटर राम प्रसाद थपलियाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।

आरोपपत्रमा उनीहरूसँग ९ करोड २७ लाख ३७ हजार ५६० रुपैयाँ बिगो मागदावी गरिएको छ। ‘वास्तविक खरिद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ,’ विभागले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


सम्बन्धित खबर