Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सुजिता मृत्यु प्रकरणः स्थानीयको प्रदर्शन चर्किएपछि कर्फ्यु लगाइयो (प्रशासनको सूचनासहित)

2021-07-07 05-07 | Hamro Biratnagar                  

A+ A A-

चितवनमा सुजिता भण्डारीको हत्या भएको भन्दै राप्ती नगरपालिकाका स्थानीयले प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

चितवनको राप्ती नगरपालिकाका स्थानीयले भण्डारीको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन चर्काएपछि प्रशासनले मंगलबार साँझ ७ः३० देखि भोलि बेलुका ७ः३० बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

चितवन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले एक सूचना जारी गर्दै पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका १ लोथरपुलदेखि वडा नं ४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरसम्म कर्फ्यु लगाइएको जानकारी दिएका छन् ।


सम्बन्धित खबर