Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

धरानबाट लागुऔषध सहित २ जना पक्राउ

2021-07-07 05-07 | Hamro Biratnagar                  

A+ A A-

सुनसरीको धरान उपमहानगरपालिका ६ तीनकुने जंगलबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ बस्ने २१ बर्षीय सुमन कार्की र धनकुटा नगरपालिका ९ बस्ने २१ बर्षीय सुदिप राई रहेका छन् ।

हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ईटहरीबाट धरानतर्फ आउँदै गरेको प्र१-०६-००१ प ००१८ नम्बरको मोटरसाईललाई चेकजाँच गर्दा सवार कार्की र राईको साथबाट लागूऔषध डाइजेल्याप ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल, एभिल ५ एम्पुल र फेनर्गन ५ एम्पुल बरामद भएकोले मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर