Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

अपाङता भएका वाललालिकाहरुका लागि पथरीमा पोषण सहयोग कार्यक्रम सञ्चालन

2021-07-07 06-07 | Hamro Biratnagar                  

A+ A A-

पथरी : मोरङको पथरी शनिश्चरे नगरका आर्थिक विपन्न तथा बेसहरा अवस्थाका अपाङता भएका वाललालिकाहरुका लागि पोषण सहयोग कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रदेश सरकार, नगरपालिका र करुणा फाउन्डेशनको त्रिपक्षीय संयुक्त कार्यक्रम अन्तर्गत आर्थिक विपन्न तथा बेसहरा अवस्थाका अपाङता भएका २० जना वाललालिकाहरुका लागि पोषण सहयोग कार्यक्रम सञ्चालन गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, महिला तथा वालवालिका शाखा प्रमुख गीता कट्टेल, अपाङता रोकथाम तथा पुनस्र्थापना सहजकर्ता सम्झना वर्देवा, मनिता थापा र वर्षा मण्डल गौतम सहितको सहभागितामा घर घरमा गई चामल तथा पोषिलो खानेकुरा वितरण गरिएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय