Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

फेरि बढ्न थाल्यो कोरोना संक्रमण

2021-07-07 07-07 | Hamro Biratnagar                  

काेराेना भाइरस । सांकेतिक तस्वीर
A+ A A-

काठमाडौं, २३ असार । निषेधाज्ञा हटेसँगै कोरोनाको संक्रमण पनि बढ्न थालेको छ ।  पछिल्लो २४ घण्टामा मात्रै कोभिड–१९ बाट २ हजार ९ सय ७९ जना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बुधबार ११ हजार ९ सय ८९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पाइएको हो । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४३ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौं ३९०, ललितपुर ८६ र भक्तपुर ६७ जना छन् ।

मन्त्रालयका अनुसार गएको तीन दिनयता लगातार संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या बढिरहेको छ । गएको आइतबार १ हजार ६ सय ३ जनामा देखिएको संक्रमण भोलिपल्ट सोमबार नै २ हजार ६ सय २२ जना अर्थात् झण्डै दुई गुणाले बढेको थियो ।

मंगलबार २ हजार ६ सय ३४ जना संक्रमित भएका थिए भने बुधबार करिब ३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सवारीसाधनमा जोरबिजोर हट्नुका साथै बजारमा चहलपहल सुरु भएसँगै कोरोना संक्रमण फेरि बढ्न थालेको बताउँछन् विज्ञहरू ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय