Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

विराटनगरमा असार २५ र २६ गते भेरोसेलको दोस्रो खोप लगाइने (सुचनासहित)

2021-07-07 11-07 | Hamro Biratnagar                  

फाइल तस्वीर
A+ A A-

विराटनगर, २३ असार । विराटनगरमा आगामी असार २५ र २६ गते कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले बुधबार सुचना प्रकाशित आसार २५ र २६ गते पहिचो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने जनाएको हो ।

जिल्ला स्तरीय खोप (कोभिड–१९) समन्वय समिति गत १८ गते र महानगरपालिकाको २३ गतेको निर्णय अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई देस्रो खोज लगाइने महानगरपालिकाको सुचनामा उल्लेख छ ।

यस अघि सञ्चालन गरिएको पहिलो चरणमा खोप केन्द्रहरुमा भेरोसेलको पहिलो खोप लगाएकालाई मात्र भेरोसिलके दोस्रो खोप लगाउन लागिएको हो । महानगरपालिकाले जुन खोप केन्द्रबाट भेरोसेलको पहिलो मात्रा पाएको हो सोही केन्द्रबाट दोस्रो मात्रा पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय