Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

रतुवा खोला धार परिवर्तन गरि गाउँतर्फ प्रवेश

2021-07-08 11-07 | Hamro Biratnagar                  

A+ A A-

इटहरा । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ स्थित रतुवा खोलामा पानीको बहाव बढ्दै गएपछि थप जोखिम बढेको छ ।

केहि दिनदेखि भएको अविरल बर्षाका कारण खोलामा पानीको बहाब बढेको हो । खोलाको बाध कमजोर भएको भन्दै स्थानीयहरूले यस्तो प्राकृतिक प्रकोपको समयमै समाधान गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

तटबन्धन कमजोर भएका कारण खोला गाउँतर्फ प्रवेश गर्न थालेको छ । वर्षेनी बाढीको समस्या भोग्दै आइरहेका यहाँका स्थानीयहरूले यस बर्ष पनि बाढीको समस्या भोग्नुपर्ने अवस्था देखिन्छ ।

योसँगै राजा बासा, सिजुवा बजार लगायतका ठाउँ र खेतीयोग्य जमिन र केही घरहरू डुबानमा परेको वडा नम्बर ७ का वडा अध्यक्ष दानालाल राजवंशीले जानकारीर दिनुभयो । यसका लागि आफूहरुले तत्काल केही उपाय अपनाएर जनतामा थप संकट आइपर्नबाट जोगाउने पनि उहाँले बताउनुभयो ।


सम्बन्धित खबर