Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

उदयपुरको ताप्लीमा बोलेरो गाडीले किचेर एक जनाको मृत्यु

2021-07-08 12-07 | Hamro Biratnagar                  

A+ A A-

उदयपुरको ताप्ली गाउपालिका ५ डुढे स्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २-०१-००-१ च-००५० नम्वरको बोलेरो गाडीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका सोही स्थान बस्ने २५ बर्षीय रमेश नेपाली रहेका छन् ।

आज बिहानको राती २ बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भिर घाईते बनाएको थियो । घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पुर्‍याउदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।

गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० बर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोजतालस भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय