Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

बाढीपहिरोबाट आज एकै दिन ७ जनाको मृत्युु

2021-07-08 07-07 | Hamro Biratnagar                  

A+ A A-

बुधबार रातिदेखिको वर्षाका कारण आएको बाढीपहिरोमा परी देशका विभिन्न स्थानमा ७ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। दार्चुलामा ३, पाल्पामा २, दाङमा एक र तनहुँमा एक जनाको मनसुनजन्य प्राकृतिक विपत्तिका कारण मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पहिरोमा परेर दार्चुलामा एक र पाल्पामा एक जना बेपत्ता भएका छन्। बिहीबार बाढी पहिरोमा परेर १० जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए।

उनका अनुसार जेठ ३१ गतेदेखि आज असार २४ गते साँझसम्म बाढी पहिरोमा परेर ५१ जनाको मृत्यु भएको छ। बेपत्ता ३५ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन्। पछिल्लो २५ दिनमा ४ हजार २१३ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको प्रवक्ता दाहालले जानकारी दिए। ६ सय ८८ जनाको उद्धार गरिएको मन्त्रालयले जानकारी दिएको छ।

बाढीपहिरो र डुबानका कारण हालसम्म २९ जिल्लाका ५४८ घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने १४८ घर आशिंक रूपमा क्षति भएका छन्।


सम्बन्धित खबर