Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

2021-07-09 09-07 | Hamro Biratnagar                  

A+ A A-

सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आइपुगेको जानकारी दिए ।

खोप लिन नेपाल एयरलाइन्सको जहान बिहीबार चीन गएको थियो । नन डिस्क्लोज एग्रिमेन्टमा खोप खरिद गरिएकाले मात्रा र मूल्य गोप्य राखिएको छ ।

आज नै तीन प्रदेशमा खोप लगिने

डा. गौतमले पोखरा, हेटौडा र बुटवलामा आज नै खोप पु¥याइने बताए । अहिले आएको खोप कसलाई दिने भन्ने निर्णय भएको छैन । ‘खोप आएको छ । अब कसलाई दिने निर्णय गछौं,’ उनले भने ।

विज्ञहरले भने ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिन सुझाव दिएका छन् । ‘अहिलेको खोप ५५ वर्ष माथिकालाई दिन पुग्छ,’ खोप विज्ञ डा. श्यामराज उप्रेतीले भने ।

यसअघि चीनले १८ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय