Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सडकमा घाइते भेटिएका बूढीगंगाका युवकको उपचारका क्रममा मृत्यु

2021-07-09 09-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा ३ स्थित सडकमा घाइते अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ।

बूढीगंगा ३ का २० वर्षीय रामकुमार राजवंशीको बिहीबार राति विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बूढीगङ्गा–३ स्थित शिवम् प्लाष्टिक उद्योगअगाडिको सडकमा लडिरहेको गम्भीर घाइते अवस्थामा राति १० बजेतिर राजवंशी भेटिएका थिए।

प्रहरीले तत्काल उद्धार गरेर कोसी अस्पताल लगेको थियो। कोसीमै उपचारका क्रममा राति १० ५५ बजेतिर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएजस्तो देखिन्छ।

सडकको बीचमा गम्भीर अवस्थामा युवक भेटिएका कारण सवारी साधनले ठक्कर दिएको आशङ्का गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। तर, कुन सवारी साधनले ठक्कर दिएको हो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ।

घाइतेको मृत्यु भएको र सवारी साधनको पहिचान खुल्न नसक्दा घटनाको अनुसन्धानमा समस्या भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय