Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

दुर्घटनामा परेका झापाका एमाले नेता प्रसाईको मृत्यु

2021-07-09 01-07 | Hamro Biratnagar                  

A+ A A-

झापा एमालेका नेता ज्ञानुराम प्रसाईँको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मेची अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

बिहान ११ बजेर ४० मिनेटमा प्रसाईँ भद्रपुर –९ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडका प्रसाईँ आफै बा १६ च ८१८२ नं। को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको सालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।

उनको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय