Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

2021-07-09 03-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

संखुवासभा खादबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाऊपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

आज बिहान ९ बजे मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई मुकेस तामाङलाई नियन्त्रणमा लिईएको थियो ।

पुरानो रिसिईबीको कारण गत राती २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर