Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

बेभरेज कम्पनीमा आगो लाग्दा बंगलादेशमा ४९ जनाको मृत्यु

2021-07-09 03-07 | Hamro Biratnagar                  

A+ A A-

ढाका- बंगलादेशस्थित एक फुड एन्ड बेभरेज कम्पनीमा आगो लाग्दा ४९ जनाको मृत्यु भएको छ। रुपगन्जस्थित फुड एन्ड बेवरेज कम्पनीमा आगलागी हुँदा मृत्यु भएका ४९ जना शव प्राप्त भएको बीबीसीले समाचार प्रकाशन गरेको छ।

हाल उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

आगलागीबाट कामदारहरूको मृत्यु भएपछि उनीहरूका परिवार र आफन्त आगलागी भएको स्थान नजिकै भेला भएका छन्।

तस्बिर : गेट्टी इमेज

 


सम्बन्धित खबर