Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

रौतहटमा दुई पक्षबीच झडप, ४ जना घाईते ६ वटा मोटरसाईकलमा आगजनी

2021-07-09 03-07 | Hamro Biratnagar                  

A+ A A-

जनकपुरधाम : रौतहटमा चन्द्रपुरमा दुई समूहबीच झडप भएको छ । गएराति भएको झडपमा आठ जना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा समेत आगजनी भएको छ ।

झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन्। घाइतेहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो । विवादका क्रममा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।


सम्बन्धित खबर