Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

प्रदेश १ सरकारको बजेट बहुमतले पारित

2021-07-09 04-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, २५ असार । प्रदेश १ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेट बहुमतले पारित भएको छ । शुक्रबार बजेट अधिवेशनको २१ औँ बैठकले सरकारले पेश गरेको बजेट बहुमतले पारित गरेको हो ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ले प्रदेश विनियोजन विधेयक २०७८ पारित गरियोस भनि प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई सभामुख प्रदिपकुमार भण्डारीले निर्णायार्थ प्रस्तुत गरि मत विभाजन गर्दै प्रस्तावको पक्षमा बहुमत रहेकाले बहुमतले पारित भएको घोषणा गरे ।

शुक्रबारको बैठकमा बजेट बिनियोजन विधेयक २०७८ माथिको छलफल सकिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद शिवनारायण सिह गन्गाईले प्रदेश विनियोजन विधेकयक २०७८ मा बजेट शिर्षक नं. २ अर्थ विविध शिर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस भनि खर्च कटौती प्रस्ताव पेश गरेका थिए ।

त्यस्तै विपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद मोहन खड्काले प्रदेश विनियोजन विधेयक २०७८ मा राजनेता पार्क निर्माण शिर्षकको खर्च रकमलाई एक रुपैयाँ गरियोस भनि प्रस्ताव पेश गरेका थिए । फिर्ता नलिएपछि दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

प्रदेशसभाले बजेट पारित गरेसँगै सभामुख भण्डारीले अर्को सुचना नभएसम्मका लागि संसद बैठक स्थगित गरेको घोषणा गरे ।

 


सम्बन्धित खबर