Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

बजेट यथार्थ धरातलमा उभिएर ल्याएका छौँः मुख्यमन्त्री राई

2021-07-09 04-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, २५ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट यथार्थ धरातलमा उभिएर ल्याइएको बताएका छन् । शुक्रबार आर्थिक वर्ष २०७८÷०७९ को विनियोजन विधेयक २०७८ निर्दिष्ट राखिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धीत विषय र विनियोजन विधेयक २०७८ मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले यस पटक यथार्थ धरातलमा उभिएर कार्यान्वय हुने खालको बजेट ल्याएको बताएका हुन् । ‘अहिले चालु आवको जस्तो बजेट होइन यो । पास हुने वित्तिकै खुरुखुरु कार्यान्वयन हुने बजेट हो । भोलि समस्या ननिम्तिने गरि यस पटकको बजेट यथार्थ धरातलमा उभिएर ल्याएका छौँ ।’ उनले भने,‘हामीले सवै प्रकारका वेथिती बिकृती विसंगतिलाई नियन्त्रण गर्दै सच्याउदै लाने बजेट ल्याएका छौँ ।’

प्रदेशसभामा बजेट माथिको छलफलका क्रममा सांसदहरुले चर्को आलोचना गरेको प्रसंग कोट्याउदै मुख्यमन्त्री राईलेसंसदमा बोल्दा मर्यादालाई ख्याल गर्ने, संसदको मर्यादा र गरिमालाई होच्याउने काम भुलेर पनि गर्न नहुने बताए । ‘प्रदेशसभाको गरिमालाई होच्याउने गरी हामीले प्रस्तुत हुनुहुँदैन । घरी घरि यो ठाउँ वाद विवाद जस्तो, झगडा गर्ने, उत्तेजित हुने र पार्ने, सवाल जवाफ गर्ने जस्तो, रिस राग ओकल्ने जस्तो, कपोलकल्पित, एकदमै झुटकुराहरु गरेर आफुलाई सच्चो पार्ने जस्तो, त्यस्तो खालको ठाउँ होइन यो ।’ उनले भने,‘त्यसैले बोल्दाखेरि होसियारीपूर्वक ध्यान दिएर सीमाको ख्याल गरेर बोल्नुपर्छ । यो हामीसवैको योग्ताको जाँच गर्ने थालो पनि हो । त्यसैले सवै गम्भिर बन्नुपर्छ ।’

विनियोजन विधेयक माथिको छलफलका क्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय माथिको छलफल पछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरूङले नेकपा माओवादीका सांसदको नामै किटेर अमर्यादित टिप्पणी गरेपछि माओवादीका सांसदहरूले केहि दिन प्रदेशभा बैठक अबरुद्ध पारेका थिए ।

मन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाउने सहमति पछि प्रदेशसभा बैठक सुचारु भएको थियो । विनियोजन विधेयक माथिको छलफलकाक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय माथिको छलफलमा उठेका विषयमा सांसदको प्रश्नको जवाफ दिंदै राईले फजुल खर्च कटौती गर्ने विषयमा कठोरतापूर्वक कदम चाल्ने स्पष्ट पारे ।

प्रदेश सरकारको इज्जतका लागि काठमाण्डौंमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको राईले बताए । नयाँ संरचना र संस्थालाई संस्थागत गर्न नीजि क्षेत्रलाई आकर्षित गर्न छलफल गर्नुपर्ने र बजेट कार्यान्वयन गर्न पनि काठमाण्डौं गइरहनुपर्ने भएकाले सम्पर्क कार्यालय काठमाण्डौंमा राखिएको राईको भनाई छ ।

कोसी टप्पुको जग्गाको विषयमा प्रदेस सरकारले कुनै निर्णय नगरेको राईले स्पष्ट पारे । उनले संघिय सरकारले कोसी टप्पुको जग्गा लिजमा दिने निर्णय गरेको भन्दै उक्त निर्णय प्रति प्रदेशसरकारको असहमति रहेको बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय