Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य कैलालीका प्रकाश प्रहरी कार्यालयमा

2021-07-09 07-07 | Hamro Biratnagar                  

A+ A A-

कैलाली । अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य पारिएका प्रकाश विश्वकर्मा इलाका प्रहरी कार्यालय पुगेका छन् । भजनी प्रहरीले प्रकाश दमपत्तिलाई छलफलका लागि बोलाएको थियो । तर, प्रकाश एक्लै प्रहरीकोमा पुगेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । प्रकाश प्रहरीको सम्पर्कमा रहेको बताउँदै केटीपक्षलाई पनि सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरी निरीक्षक नरबहादुर साउदले बताए ।

असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल हिजो घर पुगका थिए । विवाह गरेपछि जंगलमा लुकेर बसेका जोडीलाई प्रहरीले छलफलका लागि बोलाएको हो । विवाह गरेका जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले त्यसमा चासो देखाएको थियो ।

​जोडीलाई घर पुगेपछि युवतीका आफन्तले घर लगेका छन्। उनीहरूले असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका हुन् । विवाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए। उनीहरु दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय