Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

‘वि वान्ट इलेक्सन’ भन्दै विराटनगरका सडकमा उत्रियो अनेरास्ववियु

2021-07-10 11-07 | Hamro Biratnagar                  

A+ A A-

राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विराटनगरका सडकमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले शनिबार बिहान विराटनगरको ट्राफिक चौकमा विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं) को नारा लगाएका थिए । उनीहरूले कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् ।

‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नाराका साथ अनेरास्ववियु सडकमा उत्रेको हो ।

कार्यक्रममा संवैधानिक सर्वोच्चता कायम गर्दै अनेरास्ववियु केन्द्रीय कार्यालय सदस्य भाष्कर खनालले अहिले राजनितिक अस्थिरताको निकास निर्वाचन नै भएको र कोभिड १९ को यो महामारीमा बिद्यार्थी र शिक्षकलाई खोप दिई पढाई, परिक्षा र शैक्षिक सत्र सुचारु गर्ने सम्बन्धमा आफूहरू लागि पर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता खनालले राजनीतिक स्थिरता मात्र मुलुकको समृद्धिको आधार भएको जिकिर गर्नुभयो । नेपालको समृद्धिका लागि निर्वाचनको विकल्प नरहेको पनि खनालले बताउनुभयो ।

\

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय