Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

सर्पको टोकाइबाट बालिकाको ज्यान गयाे

2021-07-10 03-07 | Hamro Biratnagar                  

- Shutterstock ID 286066997 -
A+ A A-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रवार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको ज्यान गएको हो ।

राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पुर्याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताउनुभयो ।

भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय