Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

साढे २८ किलो लागुऔषध चरेससहित बुटवलबाट २ जना पक्राउ

2021-07-10 03-07 | Hamro Biratnagar                  

A+ A A-

प्रहरीले साढे २८ किलो लागुऔषध चरेससहित बुटवलबाट २ जना व्‍यक्ति पक्राउ परेका छन् । बाग्लुङ बढिगाउँ गाउँपालिका–८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन यसरी पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–११ देविनगरस्थित नमस्ते पथ केएफसी पिज्जा हबमा शुक्रबार साँझ चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समूह टोलीले २८ दशमलब ५ किलो लागूऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । लु २५ प ६५४४ नम्बरको स्कुटर नियन्त्रणमा लिएको र पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय