Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

एमाले मिल्न लागेको भन्दै निवासमै पुगेर प्रचण्डले दिए माधवलाई धम्की

2021-07-10 03-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, असार २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई धम्की दिनुभएको छ । सत्तारुढ नेकपा एमालेभित्रको बिवाद समाधान हुने निश्चित भएपछि अध्यक्ष प्रचण्डले नेपालको निवास कोटेश्वर पुगेर आज अध्यक्ष केपी ओलीसँग मिले ठीक नहुने भन्दै धम्की दिनुभएको हो ।

नेकपा एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट आज बिहान ११ः१५ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माधव नेपाल निवास पुग्नुभएको थियो । ‘तपाई हामीलाई धोका दिएर केपी ओलीसँग मिल्न लागेको हो ? यसो गर्नुभयो भने ठीक हुन्न,’ माधवलाई प्रचण्डको धम्की उधृत गर्दै नेपाल निकट एक सदस्यले जनताटाइम्स डटकमसँग भने । एमाले कार्यदलले आज सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएको छ । सहमतिको मस्यौदा नै सार्वजनिक गर्ने सूचना पाएपछि प्रचण्ड नेपाल निवासमै पुगेर आक्रोश पोख्दै धम्की दिनुभएको हो ।

कार्यदलले सहमतिको मस्यौदा सार्वजनिक गर्नुअघि आजै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच पुनः वार्ता गराउने प्रयास अघि बढाएको छ । कार्यदलको सहमतिका बावजुद प्रचण्डको धम्कीकै कारण नेता नेपाल भने सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा देखिनुभएको छैन । यद्यपी कार्यदलका नेताहरुले माधवलाई प्रचण्ड र देउवाको मोहमा फसेर आफ्नो भविश्य बर्वाद गर्न नदिने भन्दै आफूहरुले गरेको सहमतिमा उभिन दवाव दिएका छन । यहीबीच सहमति तोडनका लागि प्रचण्ड नेपालको निवास पुगेर धम्क्याउनु भएको हो ।

कार्यदलले सहमतिको काम अघि बढाएपछि एक सातादेखि माधव बिपक्षी गठबन्धनको बैठकमा जानुभएको छैन । प्रचण्डले माधव उपस्थित भएपछि मात्रै विपक्षी गठबन्धनको बैठक बस्ने भनेर पछिल्लो बैठक समेत रोकिएको छ । आफ्नै समुहका नेताहरुको कारण बिपक्षी गठबन्धनको बैठकमा नजानु भएका नेपाललाई आज प्रचण्डले आक्रोशसहित धम्की र अनेकन प्रलोभन दिनुभएको नेपाल निकट नेताहरुले नै जनताटाइम्सलाई जानकारी गराउनु भएको छ । ‘प्रचण्डले माधव कमरेडलाई ठूलै आश्वाशन मात्र होइन, धम्की र चेतावनीसमेत दिनुभएछ, हामीले यो सूचना पाएर प्रचण्डको धम्कीसँग कोही नडराउने भनिदिएका छौं,’ कार्यदलमा रहेका नेपाल निकट एक नेताले जनताटाइम्ससँग भने ।

प्रचण्ड र देउवा मोह त्याग्न नसकेकै कारण माधवले पछिल्लो समय बिधानमै नभएको अधिकार चाहिने भन्दै झण्डै एकता भाँडनुभएको थियो । कार्यदल सदस्यहरुले कडा आपत्ति जनाएपछि नेपाल शान्त बस्नुभएको हो । यही अवसरको सदुपयोग गर्दै एमाले मिल्न नदिने प्रस्ताव लिएर प्रचण्ड नेपाल निवास पुग्नुभएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय